शैक्षिक

विद्यार्थीलाई कपाल काट्ने तालिम सुरु



काठमाडौँ, २८ जेठ । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ ।

विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीका अनुसार व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले  तालिम थालिएको हो । 

जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।  विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको  हो ।