समाचार

मिटरब्याज पीडितसँग पैसा उठाउने एक जना पक्राउ



काठमाडौँ, ३० जेठ । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार देवाही गोनाही नगरपालिका  ७ घर भएका भरोसी साहलाई पक्राउ गरेको हो । उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो । 

आरोपी साहले सीडीओ र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार रुपैयाँ माग गरेको थिए ।  पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर  अनुसन्धान गरी पीडितको पैसा फिर्ता गराएर आरोपी भरोसीमाथि ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

मिटरब्याज पीडितलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै सो बापत ५० हजार लिइरहेकै  अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।