विश्व

कोरोनाकाे वास्ताविक सूचना दिन चीनसँग डब्लूएचओको आग्रह



एजेन्सी, १६ पौष । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरुलाई कोरोना महामारीकाे बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ ।

डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला पनि जानकारी दिन आनाकानी गरेको भन्दै यसबारे पर्याप्त जानकारी दिन आग्रह गरेको हो । डब्लूएचओले अस्पताल भर्ना, सघन उपचारको अवस्था र मृत्यु भएकाहरुको यकिन विवरण उपलब्ध गराउन पनि चीनसँग आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसअघि जारी गरेका विभिन्न प्रतिबन्धहरु खुकुलो पारेसँगै चीनमा कोरोना महामारी संक्रमणको दर ह्वात्तै बढेको भन्दै डब्लूएचओले चिन्ता समेत व्यक्त गरेको छ ।

विभिन्न मुलुकले चीनबाट आउने मानिसहरुमाथि चेकजाँच गर्न थालेसँगै कोरोना महामारी फेरी आउनेमा आशंका फैलिएको डब्लूएचओले जनाएकाे छ । जसका कारण चीनलाई बेलैमा सहि सूचना प्रवाह गर्न डब्लूएचओले अपील समेत गरेको छ । डब्लूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदानप्रदान भए महामारी नियन्त्रण सहज हुने अपेक्षा रहेको समेत जनाएको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानलगायतका मुलुकले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षणलाई अनिवार्य गरिसकेका छन् ।

चीनले दैनिक ५ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको आंकडा प्रस्तुत गरेपनि त्यो संख्या वास्तविक नभएको डब्लूएचओले दावी गरेकाे छ ।