नेपालको पानी जनताको लगानी : प्रधानमन्त्रीद्वारा सेयरका लागि आवेदन

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयरका लागि आवेदन दिएका छन् । बिहीबार प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका हुन् । सरकारको यो कार्यक्रम अन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ…