Banner News

विध्वंस, आतंकित पार्नेलाई प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्छ : प्रम ओली



मोरङ, ३ चैत । प्रधानमन्त्री केपी शार्मा ओलीले सरकारले विध्वंस, आतंकित पार्ने कुरालाई प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्ने बताएका छन ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दर्ता नै नभएको समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताएका हुन  ।

उनले भने, ‘सरकार यो विषयमा गम्भीर छ, कुनै ठट्टा गरेको छैन, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विध्वंस, लुटपाट, आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्छ ।’

अंतकित गर्ने गतिविधिमा संलग्न रहेको समूहलाई प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नु पर्ने अवस्था नरहेको बताउदै वार्ता समिति बनाएर पटक–पटक वार्ताको लागि आव्हान गर्दा वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समूहको मागनै के हो भन्ने बारेमा आफैँ अन्यौलमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले सरकारमा मन्त्रीहरुको हेरफेरबारेमा निर्णय नभएको बताउदै उनले भने, ‘अपूर्ण रहेका मन्त्रालयहरुलाई पूर्णता दिने हो, मन्त्री मण्डल हेरफेर हुँदैन ।’