काठमाडौ १९ चैत । आलोपालो मुख्यमन्त्री पाउने सहमतिभएपछि नेकपा एसले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने भएको हो । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिनुअघि बालुवाटारमा भएको शीर्ष बैठकमा उनीपछि नेकपा एसले सरकारको नेतृत्व पाउने सहमति भएको छ ।यो सहमतिसँगै अब आजै नेकपा एसले विश्वासको मत दिने समझदारी भएको हो ।