नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस

काठमाडौँ, १२ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग  महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भेटवार्तापछि उनले ऐतिहासिक एवं…