Banner News

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता



काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो । संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल हुने बताइएको छ । गत असोज २० गते दुई नेताबिच भेट भएको थियो ।