काठमाडौँ, १४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो पाँचदिने चीन भ्रमण रद्द गरेको घोषणा गरेका छन् । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतभित्र देखाएपछि त्यसको विरोध स्वरुप आफ्नो चीन भ्रमण रद्द गरेको घोषणा गरेका हुन् । “नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो…