बजेट संशोधन नभइकन पास हुन्छ : अर्थमन्त्री महत

काठमाडौँ, ११ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन् । आज संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधनबिना पास हुने बताए । आफूले बजेट ल्याउँदा सीमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले आजको वास्तविकतामा बजेट आएको बताए…