Banner News

अख्तियारको टोली जलहरीको नापजाँच गर्न पशुपतिनाथमा



काठमाण्डौ,१० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथको मन्दिर पुगेको छ । पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको नापजाँचका लागि अख्तियारको टोली पशुपतिनाथ पुगेको हो ।
अख्तियारको टोली आउने भएपछि पशुपतिनाथ परिसर खाली गराइएको छ । पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार बन्द गरिएको छ ।

पशुपतिनाथमा जलहरी राख्दा भएको खर्चका सम्बन्धमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । त्यससँगै अख्तियारले छानबिन थालेको हो ।
त्यसै सम्बन्धमा प्रतिनिधिसभामा पनि प्रश्न उठेको थियो ।