Banner News

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौँ, ११ असार । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।