विद्यालयको स्तर सुधार्न तीनै तहको सरकार मिलेर सक्दो काम गरेका छौँ : प्रकाशमान सिंह

काठमाडौँ, २१ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।  आज पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरे । …