सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

काठमाडौँ, १७ माघ । विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने भएका छन् । आज प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत विधि र प्रक्रियामार्फत अध्यादेश ल्याएकाले अस्वीकार गर्ने निष्कर्ष निकालेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, बैठकले संसद् अधिवेशनको मुखमा गलत मनशायलले अध्यादेश ल्याएको ठहर गरेको छ…