काठमाडौँ, २७ फागुन । आज बजारमा सुन चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६९ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।