बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २१ फागुन । आज पनि बजारमा सुन चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ७० हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।