काठमाडौँ, १५ फागुन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७० हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…