काठमाडौँ, ४ जेठ । सहकारी बचत अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको असमझदारी प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको छ । नीति तथा कार्यक्रममा छलफल गराई बजेट ल्याउने तयारीमा रहेको सरकार यो…