काठमाडौँ, १४ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।