मन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी

काठमाडौँ, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनको मधुमास पूरा गर्न करिब एक साता मात्रै बाँकी छ तर मन्त्रिपरिषद्का कुनै पनि सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलनविपरीत कानुनी छिद्र उपयोग गर्दै वर्तमान सरकारले विवरण लुकाएको हो ।  सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित…