चेक बाउन्सलाई धेरै अपराधीकरण नगरौँ : गभर्नर पौडेल

काठमाडौँ, २८ कार्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वाभाविकरूपमा बढेको बताएका छन् । आज काठमाडौँमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभामा बोल्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाखभन्दा बढी कालोसूचीमा राखिनु स्वाभाविक नभएको बताए । उनले भने, “ब्ल्याक लिस्टको ठूलो इस्यू भएको छ…