काठमाडौँ, २८ भदौ । निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवेशबारे टुंगो लगाउन संसदीय उपसमिति गठन भएको छ । १० सदस्यीय उपसमितिले भ्रष्टाचार निवारण ऐन, ०५९ लाई संशोधन गर्न बनेको विधेयकका विवादित बुँदा अध्ययन गरी टुंगो लगाउनेछ । ऐनको प्रस्तावित व्यवस्थामा राजनीतिक दलको साझा धारणा नबनेपछि राज्य व्यवस्था तथा सुशासन समितिले सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन…