बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।