नेप्से परिसूचक ३४.४७ अंकले घट्यो

काठमाडौँ, २ भदौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार घटेर बन्द भएको छ । नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा बन्द भएको हो । यस दिन नेप्से घटेसँगै होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहमा पर्ने ६ वटैै कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा समग्र परिसूचक ४.४९ प्रतिशतले घटेको छ…