पाल्पा, ३ साउन । आर्थिक वर्षको अन्तमा हतार–हतारमा गरिएका विकास निर्माणका काम साता नबित्दै भत्कन थालेका छन् । त्यसको एउटा उदाहरण असार अन्तिम साता सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डमा गरिएको कालोपत्र हो । कालोपत्र गरिएको तीन दिनमै उप्किएको छ । तिनाउ गाउँपालिका–३ दोभान बजार क्षेत्रमा सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्का लागेको कालोपत्र रूखको बोक्रा जस्तै उप्किएको हो । यो सडकको निर्माण जीवन…