काठमाडौँ, १३ असार । नेपालको कर्मचारी प्रशासन इतिहासमै पहिलो पटक बहालवाला मुख्य सचिव वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि निजामती कर्मचारीमाथि विश्वासको प्रश्न र आलोचना झन् पेचिलो बन्दै गएको छ । विगतमा खरिदारदेखि सहसचिवसम्मलाई मुद्दाको दायरामा ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही वर्षयता उच्च तहकै प्रशासकहरूविरुद्ध भ्रष्टाचार अभियोगमा एकपछि अर्को मुद्दा दायर गरेसँगै राजनीति र कर्मचारीतन्त्र तरंगित…