काठमाडौँ, १६ असार । पछिल्ला ११ महिनायता मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । रेमिट्यान्स निरन्तर बढिरहेको, पर्यटन क्षेत्र तंग्रिन थालेको, आयात लगातार घटिरहेकोलगायत कारण उक्त अवधिमा विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको हो । करिब २५ महिनाअघि विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक थियो । आर्थिक वर्ष ०७९/७९ मा सञ्चिति घटेर…