काठमाडौँ, १६ चैत । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो । तर, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा भने सरकारले…