काठमाडौँ, ७ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोभिकोभबीच भेटवार्ता भएको छ । आज बधाई दिन सिंहदरबारस्थित मन्त्रालय आएका राजदूत अलेक्सेई ए. नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका छन् । मन्त्री पुनले भने, ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र…