लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल : अर्थमन्त्री

काठमाडौँ, ६ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताएका छन् । काठमाडौंमा आइतबार चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री महतले नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको साथै जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा…