राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ : मन्त्री महत

काठमाडौँ, १२ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् ।  आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले राजश्व संरचनामा…