सहकारीपीडितको उजुरी छानबिन गर्न गृहको निर्देशन

काठमाडौँ, १२ पौष । गृह मन्त्रालयले सहकारीपीडितहरूको उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार गृहसचिव, सहसचिवलगायत मातहतका निकायसँग सहकारीका बचतकर्ताको गुनासो र उजुरीको बारेमा जानकारीसहित छलफल गरेका थिए । त्यसक्रममा कानुनबमोजिम कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन् ।  गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सहकारी पीडितका विषयमा कानुन कार्यान्वयनमा प्रहरी, प्रशासनबाट कमीकमजोरी…