बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २८ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५८ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ८० रुपैयाँले बढेर ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।