आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी

काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासमा केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताएका छन् । आज  नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिँदै गभर्नर अधिकारीले मुलुकको समष्टिगत आर्थिक विकास एवम् दिगो विकासका खातिर मुलुकको वित्त प्रणाली, कारोबारको प्रविधिकरणसँगै सहजीकरणमा केन्द्रीय बैंकले सधैँ…