गोलभेँडाको मूल्य बढ्यो

काठमाडौँ, २० कार्तिक । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो । कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।…