काभ्रे, १ असोज । परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवर्द्धन एवं संरक्षण अभियान यसवर्ष बजेट अभावमा ओझेलमा परेको छ । गत आर्थिक वर्षसम्म बागमती प्रदेश सरकारले धुलिखेलस्थित कृषि ज्ञान केन्द्रमार्फत रैथाने बाली प्रवर्द्धन एवं संरक्षण कार्यक्रम प्राथमिकताकासाथ गर्दै आएको थियो । उक्त अभियानअन्तर्गत गत वर्ष काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ४० हेक्टर जमिनमा रैथाने…