व्यवसायीको मनोबल उकास्न सहुलियत दिने तयारीमा राष्ट्र बैंक

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियत प्रदान गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको 'अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो' विषयक अन्तरक्रिया कार्यक्रममा खरेलले कर्जा पुनर्संरचना/पुनर्तालिकीकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह, कम ब्याजमा ऋण उपलब्ध गराउने काम गरिने…