काठमाडौँ, १२ भदौ । शेयर बजार आज मङ्गलवार पाँच अङ्कले घटेको छ । हिजो पाँच अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ । आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ…