अर्थ

एक महिनामै पौने ३ करोड रुपैयाँको स्मार्टवाच आयात



काठमाडौँ, ११ भदौ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो एक महिनामा पौने ३ करोडको स्मार्टवाच आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा २ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको १७ हजार ९९७ यूनिट स्मार्टवाच आयात भएको छ ।

स्मार्टवाचको आयातबाट सरकारले ९५ लाख ४४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ । गत आव २०७९/८० मा ३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको ३७ हजार २९१ यूनिट स्मार्टवाच आयात भएको थियो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात घटेको देखिन्छ । गत आवको तुलनामा चालु आवमा १ करोड १५ लाख ८५ हजार रुपैयाँ अर्थात २९.२९ प्रतिशतले स्मार्टवाचको आयात घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा १४ मुलुक मुलुकबाट स्मार्टवाच आएको छ ।