जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ

जुम्ला, ७ साउन । जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको जनाइएको छ । यहाँस्थित डिपोमा अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन रहेको कार्यालयले जनाएको…