काठमाडौँ, ९ साउन । नेपालले पछिल्लो एक वर्षको अवधिमा ४४ करोड ३१ लाख ९१ हजार रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा नेपालले उक्त रकम बराबरको यार्सागुम्बा निर्यात गरेको हो । २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको ६८३ केजी यार्सागुम्बा नेपालले निर्यात गरेको विभागले…