ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिडबाट विद्युतीकरण

ओखलढुगा, १५ साउन । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको लागत साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिड आयोजना सम्पन्न भएको छ । ७० किलोवाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रिड आयोजना’बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत पहुँच पुगेको छ । आयोजनाबाट उत्पादित…