काठमाडौँ, ३१ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।