सिचाईँका पूर्वडिजीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले राजभण्डारीविरुद्ध सोमवार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ विगो, त्यति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढेर बढाइएको चलरअचल सम्पत्ति जफत र…