बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ : सांसद पौडेल

काठमाडौँ, २८ जेठ । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकमा विद्यमान समस्या समाधानका लागि कुनै दृष्टिकोण दिन नसकेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको उनले बताए । पौडेलले हिउँदमा ३० युनिट र…