काठमाडौँ, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले त्यहाँ रामकृष्ण श्रेष्ठलाई आफू आउनुभन्दा अगाडि नै नियुक्ति गरिएको स्पष्ट पारे । उनले भने, “निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौँ,” “हामीले भनेअनुसार टाइप गराउने काम…