विराटनगर, ३ भदौ । कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सोमबार सुनसरीको इटहरीमा कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री मगरले प्रदेश सरकारले सोचेअनुसारको राजस्व सङ्कलन गर्न नसकिरहेको बेला प्रदेश राजस्व कार्यालय उद्घाटन गरिएको बताए ।…