काठमाडौँ, २७ साउन । भारतले नेपालबाट थप दुई सय मेगावाट बिजुली किन्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार उक्त परिमाणको बिजुली आयात गर्न स्वीकृति दिएको छ । मध्यकालीन सम्झौताअनुसार नेपालका ६ वटा जलविद्युत् आयोजनाबाट थप १९९.७० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति मिलेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गरे ।…