साउनमा १ अर्ब ८३ करोडको बिजुली भारत निर्यात

काठमाडौँ, ५ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार…