काठमाडौं, १ चैत । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा सुन ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।